हेर्नुस् अायु बढाउने उपाय

काठमाडौं  – हरेक वर्ष शिक्षामा गरिने खर्चले मानिसको जीवनमा ११ महिना आयु थप हुने वैज्ञानिकले बताएका छन् । हरेक एक किलो मोटोपनले मानिसको जीवनको दुई महिना आयु घट्ने अनुसन्धानकर्ताले बताएका छन् ।
यस्तै दिनको एक प्याकेट चुरोट पिउने व्यक्तिको आयु सात वर्ष कम हुने पनि अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । बेलायतको एडिनबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताले विभिन्न व्यक्तिका जेनेटिक कोड (वंशाणुगत संहिता) वा डिएनएको अध्ययनबाट यस्तो पत्तालगाएका हुन् ।
यो अध्ययनले मानिसलाई स्वस्थ जीवन जिउन र आयु लामो बनाउन सहयोग पुग्ने अनुसन्धानकर्ताले बताएका छन् । ६ लाख भन्दा बढी मानिसको जेनेटिक कोड वा डिएनए यो अनुसन्धानमा प्रयोग भएको छ ।

धुम्रपान, रक्सी सेवान, विद्यालय शिक्षा पूरा नगर्नु वा मोटोपन मानव स्वास्थ्य र स्वस्थ जीवनका लागि घातक देखिएको अनुसन्धानमा संलग्न डा. पिटर जोशीले बताउनुभयो । एकै व्यक्तिमा धुम्रपान, रक्सी सेवान, विद्यालय शिक्षा पूरा नभएको र मोटोपन पनि भएमा स्वस्थ जीवनको कारक यो नै हो भनेर यकिन गर्न कठिन हुने पनि देखिएको छ ।

मोटोपन नियन्त्रण गर्ने, धुम्रपान कम गर्दै लैजानले, रक्सी सेवन कम गर्ने तथा शिक्षा प्राप्ती वा शिक्षा सम्बन्धी गतिविधिमा बढी समय बिताउने हो भने स्वस्थ जीवन प्राप्त गर्न सकिने र आयु पनि लामो हुने अनुसन्धानले देखाएको छ । यस सम्बन्धी अनुसन्धान प्रतिवेदन नेचर कम्युनिकेशनस् जर्नलमा प्रकाशित भएको छ ।

October 14, 2017

विदेशी संलग्न आपराधिक घटना २३ प्रतिशतले बढ्यो

टोकियो – जापान प्रहरीले हालै सार्बजनिक गरेको तथ्याङ्क अनुसार बिदेशी नागरिकहरुबाट हुने आपराधिक घटनाको संख्यामा २३ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । यस बर्षको जनवरीदेखि जुन महिनासम्मको यस्ता घटनाहरु ८ हजार ३ सय २७ वटा भएको प्रहरीलाई उदृत गर्दै निक्केइ सिन्बुनले प्रकाशित गरेको हो । यो अवधिमा बिशेष गरी भियतनामी नागरिकहरुद्वारा हुने पसलको सामान चोरीका घटनाहरुमा तिब्र बृद्धि आएको कारण समग्रमा बिदेशीको आपराधिक घटनामा वृद्धि भएको जनाईएको छ । यस्ता अपराधका घटना घटाउने अपराधीहरुको संख्यामा भने ८ प्रतिशत बृद्धि भई ५ हजार १ सय ९३ पुगेको समाचारमा उल्लेख छ ।
जापान आउने बिदेशीको संख्या सन् २०१२ को करिब ९० लाखबाट सन् २०१६ मा २ करोड ३० लाख पुगी करिब साढे दुई गुणाले बृद्धि भएको छ । यससंगै बिदेशीद्वारा हुने घटनाहरुमा पनि बार्षिक ९ हजारबाट १० हजार भन्दा बढि पुगेको प्रहरीले जनाएको छ । जापानमा आपराधिक घटनामा संलग्न हुनेहरुमा चिनिया नागरिकहरु सबैभन्दा बढि अर्थात ३० प्रतिशत रहेको छ भने दोश्रोमा भियतनामी (२३ दशलव ५ प्रतिशत र तेश्रोमा फिलिपिनी ७ दशमलव ४ प्रतिशत रहेको समाचारमा उल्लेख छ । अर्कोतर्फ आपराधिक घटनाको संख्याको आधारमा भने सबैभन्दा बढि भियतनामीद्वारा घटाईएको पाइएको छ । उक्त संख्या कुल संख्याको ३० दशमलव १ प्रतिशत रहेको छ भने चिनियाको हकमा २६ दशमलव ८ प्रतिशत र कोरियनको ७ दशमलव २ प्रतिशत रहेको छ ।

October 14, 2017

अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ ? यसाे गर्नुस् जागीर पक्का गर्न


जागिरको लागि अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ भने कुनै बेला सानातिना कुराहरूमा ध्यान नपुग्दा फेल हुने गर्दछाैं । अन्तरवार्ता भन्ने वित्तिकै हामी अात्तिने गर्दछाैं । अात्तिने, हताेत्साही हुने गर्नुभयाे भने सम्झेका कुराहरू पनि विर्सन सक्नुहुनेछ । तर अन्तरवार्ताकाे लागि जाँदा तपाइँले अग्रिम मानसिक तयारी भने गर्नैपर्छ । अन्तरवार्तामा सोधिएको प्रश्न र त्यसको उत्तर कस्तो दिने भन्ने कुरा मात्र नभई कसरी अन्तरवार्ता गर्ने कोठामा प्रवेश गर्ने ? कसरी अभिवादन गर्ने ? भन्ने कुराहरू पनि महत्वपूर्ण हुन्छन् । हामीलाई साधारण र सानातिना कुरा जस्ताे लागे पनि यिनै साना कुराहरूले ठूलाे सफलता हात पार्न वाधक बन्ने गर्दछ । त्यतिमात्र नभई अन्तरवार्ता दिएर फर्कने बेलामा के के कुरामा ध्यान दिने भन्ने कुराहरुमा अति नै सावधानी अपनाउनुपर्ने हुन्छ । अन्तरवार्ताकाे प्रस्तुतिले लगभग हामी कुन स्वाभावकाे व्यक्ति हाैं भन्ने कुरा उनीहरूले थाहा पाउँछन् । जापानमा एउटा कामकाे लागि पनि विभिन्न तहतहमा अन्तरवार्ताहरू हुने गर्दछन् । परीक्षामा राम्राे गर्न नसकेकाे अवस्थामा अन्तरवार्ताकाे प्रस्तुतिले निकै सहयाेग गर्दछ । अनुशासन नै सबैभन्दा ठूलाे कुरा हाे । याे मानेमा कि जापान अनुशासन, मान मर्यादा र नियमपालनाको हिसावले विश्वमा नै चर्चित छ । आउनुहोस् अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ भने के-के कुरामा सावधानी अपनाउँदा राम्राे हाेला चर्चा गराैं ।
-ढोका कसरी ढकढक्याउने ?
तपाइँको पालो आयो र तपाईलाई भित्र जान सूचना दिईयो अर्थात बोलावट भए पनि तपाई सीधै भित्र नपस्नुहोला । ढोका नढकढक्याई भित्र जानु हुँदैन । ढोकाको ठीक अगाडि पुगेर ढोका ढकढक्याउनुहोस् । ढोका ढकढक्याउँदा धेरै चर्को पनि होइन, धेरै मधुरो पनि होइन ठीक्क भित्रबाट सुनिने गरी ३ पटक ढक-ढक-ढक गर्नुहाेस् । २ पटक मात्र ढक-ढक गरेर शौचालयको ढोका ढकढक्याईन्छ । त्यसैले दुईपटक मात्र ढक-ढक नगर्नुहोला, असभ्य हुनजान्छ । पहिलो पटक ढोका ढकढक्याउँदा पनि भित्रबाट केही निर्देशन आएन भने भित्र छिरिनहाल्नुस । फेरि ढक-ढक-ढक गरी तीनपटक ढोकामा नक गर्नुहोला र भित्रबाट केही निर्देशन नआएपनि करीव तीन सेकेण्ड पर्खेर तपाइँ ढोका खोल्न सक्नुहुनेछ ।
-भित्र कसरी छिर्ने ?
सायद पहिलो पटक ढोका ढकढक्याउँदा तपाईलाई भित्रबाट आउनुहोस् भन्ने निर्देशन आउनसक्छ । ढोका खोलेर 「失礼します」भनेर भित्र छिर्नुहोला । भित्र छिरेपछि शुरुमा अन्तरवार्ता लिन बसेको व्यक्तिसँग आइ कन्ट्याक्ट मिलाउनुहोला । अन्तरवार्ता लिन धेरैजना बसेको अवस्थामा बिच भागतिर हेर्नुहोला । तपाइँ भित्र छिरेपछि ढोका लगाउनुपर्छ । ढोका लगाउँदा सीधै ढोकातिर फर्किएर ढोका बन्द नगर्नुहोला । तपाइँ सीधै ढोकातिर फर्कंदा अन्तरवार्ता लिन बसेकाहरु तपाइँको पछाडि पर्ने हुनाले हलुका कोल्टे-कोल्टे अवस्थामा रहेर विस्तारै ढोका बन्द गर्नुहोला । अगाडितिर फर्केर पछाडि हातले मात्र ढोका बन्द गर्ने काम कदापी नगर्नुहोला । ढोकाभित्र छिरेपछि एक पटक अभिवादन गर्न नभुल्नुहोला । भित्र छिरेर ढोका बन्द गरिसकेपछि सीधा अन्तरवार्ता लिन बसेका व्यक्तिहरुसँग हेरेर फूर्तिका साथ अभिवादन गर्नुहोला । अन्तरवार्ता लिन धेरै व्यक्ति बसेका छन् भने बीचमा बसेको व्यक्तितिर हेरेर अभिवादन गर्नुभए हुन्छ । 「本日はよろしくお願い致します」भन्नुहाेस् । (more…)

October 14, 2017

त्यो बेलाको दसैं ! अाहा, त्यस्तो पो दसैं

dashain-pingखरले छाएको पुरानो घर भएपनि लिपपोतको लागि चटारो । कतै रातोमाटोले लिप्ने त कतै कमेरो । पुराना ब्याट्री फुटालेर काली बनाउने अनि चिटिक्क पारेर झ्यालढोका कालो रंले रङ्ग्याउने । पिंढी र आँगन लिप्नका लागि कुवापानी (ठाउँको नाम) बाट चाम्रे माटो ल्याईन्थ्यो । दसैंंको टिकाको दिनमा पाँच रुपैयाँको नयाँ नोट दक्षिणास्वरुप दिने सर्तमा एकदुुई खेप माटो बढी बोकिन्थ्यो । सबै गाउँलेहरु घरआँगन, करेसा सरसफाईमा व्यस्त हुन्थे । कमेरोखोलामा कमेरो माटो लिन जाने, जैथुम्का (ठाउँको नाम) को डाँडामा रातो माटो लिन जानेको भिड अनि रातो माटो निकाल्न नदिने डाँडाघरे दिदीको गनगन । जैथुम्कामा माटो नपाएपछि राघेडाँडातिर माटो बोक्न जानेहरुको लर्को । भीरबारी, मिझारबारीको बारीका कान्लाभरी माटोको बोरा र थुन्सेको भारी । घटस्थापनाको दिनदेखि गाउँमा नौरथा शुरु हुन्थ्यो । नौरथामा दैनिक कोटघरमा पूजा हुन्थ्यो । रेडियोमा दसैंका गीत र मालसिरी धुनहरु बज्न थाल्थे । घटस्थापनाको दिनमा भण्डारको कुनामा राखेको जमरामा हरेक दिन चोखो पानी राख्ने, जमरा कत्रो भयो भन्दै हेर्ने अनि साथीहरुसँग कस्को घरको जमरा कत्रो भयो भनेर कुराकानी गर्दै टिकाको दिन आउन कति दिन बाँकी छ भनेर औंला भाँच्दै गन्न पाईन्थ्यो र पो दसैंं आएजस्तो लाग्थ्यो । (more…)

Leave a Comment October 5, 2017

मृत्युको मिति तोकिएको मान्छे: जसले हजारौं ह्वीलचियर विदेश पठाए

नेपाल पठाउने तयारी, भोलेन्टियर सहयोग गर्न नेपालीहरुमा अपील

टोकियो – क्यान्सर लागेर डाक्टरले अब तिम्रो आयु डेढ वर्ष भन्दा बढी छैन भनेर भन्यो भने त्यो विरामीको अवस्था कस्तो होला ? सायदैले संघर्ष गरेर बाँकी भविष्यको उज्यालो देख्छ । यस्तै उदाहरण मध्येका एक हुन मोरिता हिरोकासु । आफू क्यान्सरबाट पीडित, बाबुआमा अशक्त ह्वीलचियर नभई यताउता गर्नै नसक्ने । त्यतिमात्र नभई शारीरिक रुपमा अशक्त एक छोरा, उनी पनि ह्वीलचियरविना चल्नै नसक्ने । जिन्दगीको जुनै कोणबाट हेर्दा पनि अन्धकार र कहालीलाग्ने अवस्था बाहेक अरु थिएन उनको । कतिपटक त उनलाई आत्महत्या गरुँ झैं नभएको पनि होइन । तर मर्नु समस्याको समाधान होइन, जति सकिन्छ बाँचेरै गर्नुपर्छ भनेर सामाजिक काम गर्न कस्सिए उनी । परिवारमा तीन–तीनजना अशक्त सदस्य । आफू डाक्टरद्वारा मृत्युको दिन तोकिएको मान्छे । तत्काल ठूलै केही गर्न पनि पैसा चाहिने । यसो गरौं, उसो गरौं भनेर प्रस्ताव राख्दा धेरैजसोले पैसा छैन भन्थे तर पैसा त उनीसँग थिएन नै त्यो भन्दा अर्को कुरा उनीसँग पर्याप्त समय थिएन । जति गर्नु छ अब डेढ वर्षभित्रै गर्नुपर्छ । के गर्ने र के नगर्ने दोधारमा कैयौं रातहरु अनिदै छिचोले उनले । एकदिन आफ्नै छोराले प्रयोग गरेर सानो भएर मिल्किराखेको ह्वीलचियर देखेर उनको मनमा एक्कासी एक सामाजिक काम गर्ने जुक्ति फुर्याे। जापानमा पुराना र प्रयोगमा नआएका ह्वीलचियरहरु संकलन गर्ने र विकासोन्मुख देशका अपाङ्गहरुलाई पठाउने ।
शारीरिक रुपमा अपाङ्ग भई घरको भित्रबाहिर गर्न नसक्नेहरुलाई सम्झिए, स्वतन्त्ररुपमा बाहिर हिडडुल गर्न नसक्नेहरुलाई ह्वीलचियरमा राखेर बाहिरफेर हिडाउन पाए कस्तो होला ? उनले कल्पिए । एक स्वास्थ्य मानिस समेत एकहप्ता कोठा बाहिर ननिस्कने हो भने विरामी हुनसक्छ, विचरा अपाङ्गहरु सँधै घामको किरण नपुग्ने, हावा नछिर्ने अँध्यारो ठाउँमा बस्नुपर्दा कस्तो होला ? उनी कुराकानीकै क्रममा भावुक भए । चार पटकसम्म क्यान्सरको अपरेशन गरेर मृत्युसँग लड्दै २००४ सालमा एक संंस्था खोले विदेशमा ह्वीलचियर पठाउने संस्था 海外に子ども用車椅子を送る会 ।
भगवानले सँधै भन्छन्–तँ आँट, म पुर्याउँछु । सोही अनुरुप मोरितालाई सहयोग गर्नेहरु हरेक दिन थपिंदै गए । व्यक्तिगत, समूहगत र संस्थागत हिसावले सहयोगी हातहरु बढ्दै गयो । हाल संस्थाले म्यानमार, इण्डोनेशिया, फिलिपिन, थाई, इथियोपिया, भियतनाम, नेपाल तथा इण्डिया लगायतका २३ बढी देशहरुका वालवालिकाहरुका लागि करीब ६ हजार बढी ह्वीलचेयर पठाइसकेको छ । मोरिताको संस्थाले जापानमा प्रयोगमा नआएका पुराना ह्वीलचियरहरु संकलन गरेर मर्मत गरी निःशुल्क अन्य देशका वालवालिकाहरुको प्रयोगको लागि पठाउँदै आईरहेको छ । नेपालमा २००७, २०११ र २०१२ साल गरी अहिलेसम्म २ सय बढी ह्वीलचियर पठाइसकेको छ । नेपालमा ह्वीलचेयर पठाउनको लागि पोखरास्थित सिविआर सर्भिससँग सहकार्य भएको छ । अन्य स्थानका लागि पनि सहकार्य गर्ने संस्थाहरुसँग कुराकानी भईरहेको उनले बताए । (more…)

October 4, 2017

हैन साँच्चै, हुन पनि हामी जापानका नेपाली के भा’को ?

केही समय अगाडि एकजना जापानी नागरिकले एक मिडियालाई दिएको अन्तरवार्तामा भनेका थिए–‘जापान आएका नेपालीले देश फेरे, भेष फेरे तर व्यवहार फेर्न सकेनन् ।’ हुन पनि केही बेर घोत्लिएर सोच्ने हो भने अनि यस लेखमा तल उल्लिखित प्रसंगहरु केलाउने हो भने उनले भनेका कुरा सही हुँदै होइन भन्न सकिन्न । आत्मा साक्षी राखेर जोडघटाउ गर्दा एकपटक आफैपनि ती जापानी नागरिकले भनेका कुरा मनमनै फुसफुसाउन मन लाग्छ–‘जापान आएका नेपालीले देश फेरे, भेष फेरे तर व्यवहार फेर्न सकेनन् ।’ यहाँनेरी एउटा कुरा के भन्नै पर्छ भने भनिएका र लेखिएका कुराहरु सबैका लागि होइन, यो उनीहरुमा नै समर्पित छ–‘जो जससँग सम्बन्ध छ ।’

‘कान्छी ! कामबाट थाकेर आयौ हौली, आउनु यता थकाई मारौं’ –कामबाट रातको १२ बजेतिर कोठामा फर्कंदै गरेकी एक नेपाली युवतीलाई सिनओकुवो स्टेशननजिकै केही नेपाली ठीटाहरुले जिस्क्याए । उनी एक्लै थिइन, केही प्रतिवाद गर्ने स्थान र समय त्यो थिएन नै त्यसैले सुने पनि नसुने झैं गरेर मोवाइल हेर्दै सरासर कोठातिर दौडिन् । विदेशको ठाउँमा, मध्यरातमा कामबाट फर्कंदा आफ्नै नेपाली दाजुभाइले यसरी जिस्क्याउँदा उनको मन निकै कुँडियो । उनी घर पुगेपछि पनि धेरैबेर निदाउन सकिनन् । नेपालीहरुको बाक्लो बस्ती र उपस्थिति भनिएको सिनओकुवो नजिकै बस्ने ती युवतीलाई कताकता नमज्जा लाग्यो । उनले आफूलाई असुरक्षित महसुस गरिन । उनीले आफ्नै मनसँग मनमनै सयौं प्रश्नहरु गरिन–‘केही परेमा सहयोग गर्नुपर्ने नेपाली दाजुभाइबाटै डराउनु पर्ने के अवस्था आयो यो ? जापानमा यो के हुँदैछ ? बरु अन्य मुलुकका नागरिकहरुले त्यसो गर्दैनन्, हाम्रा नेपालीलाई के भा’को ?’

यो त एउटा उदाहरण हो । यस्ता घटना दिनदिनै बाक्लिंदै गएको गुनासाहरु सुन्नमा आईरहेको छ । मध्यरातसम्म बाटो छेउमै बसेर चुरोट तान्ने, वियर पिउने अनि कसैको प्रवाह नगरी मनलाग्दी बोल्ने । सिनओकुवो नजिकै बस्ने अर्का युवतीले भनिन्–‘साँझ परेपछि त बाटो हिड्नै लाजमर्नु भैसक्यो ।’ उनी भन्छिन्–‘अनुशासित भएर खाऊन्, उनको सम्पत्ति खाए कसैले केही भन्दैनन् तर नेपालीको ईज्जतै जाने व्यवहार गरेर के गर्न खोज्या हो ?’ (more…)

October 3, 2017

तपाइँकाे बच्चाले गेम खेलेर हैरान हुनुहुन्छ ? त्यसाे भए यसाे गर्नुस्…

तपाइँका वालवच्चा आईफोन तथा ट्यावलेटमा गेम खेलेर हैरान हुनुहुन्छ ? नअात्तिनुस्… यतिले मात्र हैरान हुनुपर्ने अवस्था छैन । कतिपय खेलहरु मस्तिष्क विकासको लागि अति उपयोगी हुन्छन् । उहिलेको जस्तो सुघा रटाई गरेर सिकाउने बेला गए । वालवालिकाले जे गर्न इच्छा राख्छन् त्यही गर्न दिनुहोस् तर उसले त्यो गेम खेलेपछाडि केही न केही ज्ञान भने अवश्य हासिल गरोस ।
(more…)

October 2, 2017

सम्झनामा भेडीखर्के साहिंला


हा…हो… राजाको वारी, फलफूलैको घारी, पाकेको म्याओ–म्याओ 
करापुटारको मेला, हितैको मायासँग भेटभएको बेला
फलाम खायो खैले, बोलाउँ भनि के भनुँ र मेसै पाईन मैले
हा…हो… मदानीलाई तानी, भनि हाल्यो त्यै मुखैले मयाँ लाउँछु भनि, साँच्चै हो कि क्याहो क्याहो । 

अग्लो नाक, ख्याउटे अनुहार अनि तेजिलो आँखा । सुकिलो सेतो कास अनि कम्मरमा चाक्लो पल्टने पेटी । शिरमा ढाकाटोपी कहिल्यै नटु्टने न त शरीरमा इस्टकोट । मैले हरेक पटक जहाँजहाँ देखें यही गेटअपमा देखें । न्वारानको नाम दीर्घराज अधिकारी । यो पंक्तिकारलाई पनि धेरैपछि थाहा भयो – गाउँमा उनलाई सबैले भेडीखर्के साहिंला भन्थे । भेडीखर्के साँहिला उनको सबैले चिन्ने प्यारो नाम । लमजुङ्गे ठाडो भाका (दुरा भाका पनि भन्ने गरिन्छ) का मृत्युपश्चात जन शिरोमणि घोषित उनै साहिंला आज हाम्रो सामु रहेनन् ।

वि.सं. १९९० मा लम्जुङको तुर्लुङकोटमा बाबा बलभन्द्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट जन्मिएका भेडीखर्केको ८४ वर्षको उमेरमा लमजुङको सुन्दरबजारमा हालै स्वर्गारोहण भएको छ । उनको निधनसँगै नेपाली लोक संगीतको एक नक्षत्र अस्ताएको छ । लमजुङको करापुटारमा लाग्ने शिवरात्री मेलामा कैयौं रात छर्लङ हुनेगरी ठाडो भाका गाएको किस्सा हामी सानै छँदा सुन्थ्यौं । गाउँमा घाटु, नाचको ‘खोइ’ (घाटु तथा नाचको भोज) खाँदा, आजापूजा, विवाहव्रत हरेक किसिमको रमझममा भेडीखर्के झुल्किहाल्थे । गाउँमा हुने हरेक रमरसीमा भेडीखर्के साहिंलाको ठाडो भाका खाल नजमेको विरलै पाइन्थ्यो । (more…)

October 2, 2017

अबुझ मन, नयाँ वर्ष र शुभकामना

‘भनेजस्तो नहुँदा खेरी, निदाउनै सक्दिन रातभरी’–सायद कहिंकतै तपाइँले गीतको यो एक टुक्का सुन्नुभएको हुनुपर्छ । लाग्नसक्छ आखिर गीत न हो, जे बनाए त्यही हुन्छ । अहँ ! तर त्यसो होइन । मानिसले आफ्नो चाहना र मनको भावना छन्दप्रवाह शैलीमा व्यक्त गर्ने वाणी हो गीत ।
‘आउनु माया जाउँ उँधै उधै, कहिले रुँदै कहिले मन बुझाउँदै’–अनगिन्ति समस्याहरूको जालोमा जेलिएपछि त्यसबाट मुक्ति पाउन भावनात्मक रूपमा मनभित्र छचल्किएका मनोवादहरूको स्खलन हो गीत । सर्जकले मनभित्र मडारिएको कालो बादल हटाउन या त मनभित्रै उठेका काल्पनिक छालहरू शान्त पार्न कलात्मक ढंगले गीतको रचना गरेका हुन्छन्। माथिको अंशमा घोत्लिने हो भने सर्जकले घुमाउरो शैलीमा मन बुझाउने तरिका सुझाएका छन् । उपाय खोजेका छन् । यो भन्न सकिन्छ कि मनभित्र खेलेका नाटीकुटी मनोवादहरू, भलै कतिपय परिस्थितिमा वास्तविक जीवनको याथार्थ भोगाईहरूको समिश्रण कहिले मनमनै गुनगुनाइन्छ, कहिले भुनभुनाइन्छ त कहिले आफ्नो मन आफै बुझाइन्छ । गीत मात्र होइन, कथा, कविता, नाटक या त अरू केही नै, समग्रमा मानिसको जीवनको याथर्थता हो । वास्तविक जीवनको एेना हो । नबुझेको चित्त अर्थात मन बुझाउन त्यति सजिलो कहाँ छ र ! मन अर्थात चित्त बुझेको आभाषसम्म महशुस गर्न सकिन्छ तर मनै त हो आखिर…बुझ्दै बुझ्दैन । भनिन्छ सन्तोष विकासको वाधक हो । तर कुन कुरामा सन्तोष मान्ने र कुन कुरामा असन्तोष मान्ने खुट्याउन आफैमा अप्ठेरो छ। लोभी मन बुझाउन झनै गार्हो । त्यसैले त साहित्यकारहरू भन्छन्-‘पशु लोभ गर्छ खाली एक पेट भर्न तर मानिस लोभ गर्छ आफू पूँजीले मोटाएर दुब्लोमाथि शासन गर्न ।’ (more…)

January 13, 2017

जीवन र भोगाई थरीथरीको…

अघिल्लो साल, नयाँ वर्षको दिन टोकियोको व्यस्त ठाउँ सिन्जुकु डुल्दैथिएँ । सडकको छेउमै हात हेराउन बसेका एकजना देखें । लगत्तै उसकै पछाडिपट्टी घरवार विहीन भएर सुतिरहेको अर्को व्यक्ति पनि देखें । उनीहरुकै पछाडि भित्तामा एउटा सामानको विज्ञापनको लागि ठूलो पारेर टाँसिएको एक मोडलको पोस्टर पनि देखें । यी तीनै कुरालाई एकैसाथ क्यामेरामा कैद गर्ने मन भएर आयो । झलक्क हेर्दा खासै भेउ पाउन नसिने तर गहिरिएर सोचियो भने अनि नियालेर हेरियो भने जिन्दगीको भोगाई थरीथरी भन्ने प्रष्ट हुन्छ । (more…)

December 30, 2016

Previous page


Calendar

November 2017
M T W T F S S
« Oct    
 12345
6789101112
13141516171819
20212223242526
27282930