करले खाइने ढिंडाे रहरले खाइन्छ…

November 5, 2016

सानो छँदा करले ढिंडो खाइन्थ्यो । अहिले परदेशमा रहरले ढिंडो खाइन्छ कहिलेकाहीं । सिनओकुवोमा थुप्रै रेष्टुरेन्टहरु छन् । जापानी लगायत अन्य देशका खाना तयार पारेर ग्राहकहरु पर्खेर बसेका हुन्छन् । गृहिणीलाई विहान बेलुकी के तरकारी पकाउने भनेर चिन्ता हुन्छ रे, त्यस्तै हुन्छ मलाई पनि हरेक दिन दिउँसो खाना खाने बेला-‘अाज के खाने ?’। कहिलेकाहीं लाग्छ एकदिन मात्रै खाएर नहुने, हरेक दिन खानुपर्ने त्यही पनि दिनमा दुई पटक (खाजासमेत गन्ने हो भने तीन पटक) । सायद यही पेटले गर्दा नै त होला मान्छेले दुःख गर्न परेको…।
शालिकरामजी र विष्णुभाईसँगै खाना खान निस्कियौं दिउँसो २ बजेतिर । ट्याक्क अफिसबाट निस्केपछि खाराओके चोकनेरी पुगेपछि हामी तीनैजनाले एकले अर्काको मनसाय बुझ्न सोध्यौं के खाने ?
कसैले पनि यही खाना खाने भनेर भन्नै सकेनौं । खाना खान कहिले ‘रातो भाले’ गइन्छ, कहिले ‘सोलमारी’, कहिले ‘रोधी’, कहिले ‘मःम’, कहिले ‘नाङ्लो घर’ त कहिले अन्य कुनै रेष्टुरेन्ट । सिनओकुवोको तोन्काचु रामेन, गास्तो, सुकिया लगायतका जापानी रेष्टुरेन्टहरुको पनि हामी अनुहार चिनिएको ग्राहकमध्यमा पर्दछौं । हरेक दिन अफिसबाट सरासर निस्केर चोकमा आएपछि एक्कासी पाइला रोकिन्छ अनि आफैले आफैलाई प्रश्न गर्दछ यो मन–‘आज के खाने ?’ यो अफिस भएको दिनको दैनिकी नै हो ।
agan-dhindo
त्यसदिन पनि हामी तीनजनाले केही रेष्टुरेन्टको नामहरु प्रस्ताव गरियो । तर निस्कर्षमा ‘आँगन’ जाने निधो गरियो ।

आँगन त जाने तर के खाने ? खाना खान जाने ठाउँको निर्धारण भएपछि तुरुन्तै खडा हुने अर्को प्रश्न हो –‘के खाने ?’ भन्ने । त्यसैबीचमा शालिकरामजीले भन्नुभयो-‘आज ढिंडो खाउँ’ । सबैले हुन्छ भन्यौं । हामीले आँगनमा गएर ढिंडो अर्डर गरियो । शिशाको झ्यालबाट भित्र छिरेको घामको पारिलोसँगै ढिंडाेकाे प्रतिक्षा गरियो । केही वेर प्रतिक्षा गरेपछि अायो गज्जबको ढिंडो सेट । ढिंडो सेटमा तरकारी, अचार, घिउ, मटन र चिकनको मासु, पापड लगायत के के हो के के । अाँगनको पापड सबैभन्दा मन पर्छ मलाइ । अरू रेष्टुरेन्टमा जस्तो पापड तन्दुरमा डामेर मात्र दिने होइन अाँगनमा । खै कसरी बनाउँछन् त्यो त थाहा भएन तर राेल पारेर पस्कने पापडको स्वाद नै भिन्दै लाग्न मलाइ अन्त भन्दा । पेटभरी खाइयो ढिंडाे (ढिंडो खाएर अाएपछि भने मैले हरियो खुर्सानी पनि सम्झें) अनि अन्तिममा केही भात थपेर पुरियो । अाहा ! हिजोको दिनमा करले खाएको ढिंडाे र अाज रहरले खाएको ढिंडाेमा केही भिन्नता त पक्कै पनि छ तर विदेशको ठाउँमा पनि नेपालमा नै खाएजस्तो गज्जबको ढिंडो सेट पस्केर पेटभरी ढिंडाे खुवाएकोमा अाँगन रेष्टुरेन्टलाइ धन्यवाद । जय, अाँगन, जय ढिंडाे सेट ।

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031