जीवन र भोगाई थरीथरीको…

December 30, 2016

अघिल्लो साल, नयाँ वर्षको दिन टोकियोको व्यस्त ठाउँ सिन्जुकु डुल्दैथिएँ । सडकको छेउमै हात हेराउन बसेका एकजना देखें । लगत्तै उसकै पछाडिपट्टी घरवार विहीन भएर सुतिरहेको अर्को व्यक्ति पनि देखें । उनीहरुकै पछाडि भित्तामा एउटा सामानको विज्ञापनको लागि ठूलो पारेर टाँसिएको एक मोडलको पोस्टर पनि देखें । यी तीनै कुरालाई एकैसाथ क्यामेरामा कैद गर्ने मन भएर आयो । झलक्क हेर्दा खासै भेउ पाउन नसिने तर गहिरिएर सोचियो भने अनि नियालेर हेरियो भने जिन्दगीको भोगाई थरीथरी भन्ने प्रष्ट हुन्छ ।

जीवनमा सफलता हात पारेर सबैको प्रिय मोडल बनेर विभिन्न उत्पादनहरुको प्रचारप्रसारमा मोडलको रुपमा उभिएकी एक युवतीको पोष्टर भित्तामा टाँसिएको छ । विगत के थियो तर वर्तमानमा श्रीसम्पत्ति केही नभएर घरको न घाटको भएर सडक पेटीमा सुत्नु परेको अर्का व्यक्ति छन् । अनि जीवनमा सफलता र असफलताका बाटो देखाइदिने र भावी सफलताको लागि निर्देशन दिने अर्का व्यक्ति ।
समग्रमा भाग्य चम्किएर लोकप्रीय बनेकी मोडल, भाग्य विग्रिएर सडकछाप बनेका अर्का व्यक्ति अनि यस्तै यस्तै मानिसहरुको भाग्य हेरिदिने मान्छे । यो तीन कुराको समिश्रण एउटै फोटोमा सामेल गराएँ । आफैलाई गज्जब लाग्यो । यही नै त रहेछ जिन्दगी थरीथरीको अनि भोगाई थरीथरीको भनेको । कि कसो ?

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031