तपाइँकाे बच्चाले गेम खेलेर हैरान हुनुहुन्छ ? त्यसाे भए यसाे गर्नुस्…

October 2, 2017

तपाइँका वालवच्चा आईफोन तथा ट्यावलेटमा गेम खेलेर हैरान हुनुहुन्छ ? नअात्तिनुस्… यतिले मात्र हैरान हुनुपर्ने अवस्था छैन । कतिपय खेलहरु मस्तिष्क विकासको लागि अति उपयोगी हुन्छन् । उहिलेको जस्तो सुघा रटाई गरेर सिकाउने बेला गए । वालवालिकाले जे गर्न इच्छा राख्छन् त्यही गर्न दिनुहोस् तर उसले त्यो गेम खेलेपछाडि केही न केही ज्ञान भने अवश्य हासिल गरोस ।

यदि त्यसो भन्नुहुन्छ भने जापानको एक कम्पनीले निर्माण गरेको गेम खेल्न दिनुभयो भने तपाइँको बच्चाले केही न केही अवश्य सिक्छ । विशेष गरी ५ देखि १० वर्ष उमेरका वालवालिकाहरुको लागि निर्माण गरिएको स्मार्ट फोन गेम थिङ्कथिङ्क खेल्न अति नै उपयोगी मानिएको छ । त्यसो त यो खेल यस वर्षको गुगल प्ले अवार्डको फाइनल ५ मा पुग्न सफल भएको छ ।
२०१६ को मार्चमा लन्च गरिएको यस गेमका प्रयोग कर्ताहरु एक लाख २० हजार पुगिसकेका छन् । शुरुमा मासिक १६ सय येन तिर्नुपर्ने याे गेम अहिले भने निःशुल्क डाउनलोड गरेर खेल्न पाइने भएको छ । ३ वर्ष अगाडि मात्र स्थापित कम्पनी ‘हानामारु ल्याब’ले उत्पादन गरेको गेममा ४० शीर्षकमा ५ हजार बढी प्रश्नहरु समावेश गरिएको छ ।
वालवालिकामात्र नभएर अन्य उमेर समूहकाले पनि खेल्न सकिने खेल अत्यान्तै शिक्षाप्रद छ ।***

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031