पसलहरूमा लाइन लाग्नुपर्ने, सामान पोको पार्नु पर्ने गयो जमाना…

December 14, 2016

no-counterकिनमेलको लागि तपाई सुपर मार्केट तथा कन्बिनियन्स स्टोरहरुमा जानुहुन्छ ? अनि लामो लामो लाईन देखेर त्यतिकै लामो सास तान्नुहुन्छ ? सायद यो अनुभव जो कसैले कुनै न कुनै दिन गर्नुभएकै होला । कहिलेकाहीं त हतार भएकै बेला झनै लामो लाइन बस्नुपर्छ । अब चिन्ता नलिनुस । तपाइँ किनमेलको लागि पसल जानुहुन्छ तव त्यहाँ न त लाइन नै बस्नुपर्छ न त सामान झोलामा पोका पार्न नै । सबै तपाइँको सामानको हिसावकिताव गर्ने, प्लास्टिकको झोलामा सामान राख्ने मान्छे हुँदैनन् । मेसिनले नै तपाइँको कार्टमा राख्नुभएको सामानको हिसाव किताव गर्छ अनि तपाईले बिल भुक्तानी गरेपछि मेसिनले नै सामान झोलामा पोको पारिदिन्छ ।

जापानको एक प्रख्यात कन्भिनियन्स स्टोर ल सन र पानसोनिक कम्पनीले अव नयाँ मेसिनको निर्माण गरी २०१८ सालबाट प्रयोगमा ल्याउने योजना बनाइरहेको छ ।
त्यसैगरी एमाजोन कम्पनीले निकट भविष्यमा नै काउन्टर नै नभएको पसलहरुको अवधारणा सार्वजनिक गरेको छ । खुरुखुरु पसलमा गयो किन्न मन लागेको सामान आफ्नै झोलामा भकाभक राख्यो अनि घर फर्कियो । लाइन बस्न पनि परेन, विल तिर्न पनि परेन । महिनामा एकैचोटी सबै सामानको भुक्तानी कार्डबाट नै हुने क्या आनन्द । तर मोवाइलमा एक एप राखिएको हुनपर्ने र पसल तथा सुपरमार्केटहरुमा प्रवेश गर्दा मोवाइललाइ एउटा मेशिनमा टच भने गराउनुपर्ने हुन्छ ।
२०१७ साल जनवरीदेखि सर्वसाधारणको लागि पनि प्रयोगमा आउने गरी आमाजोनले तयारी गरिरहेको बुझिएको छ । ***


भिडियो स्रोतः टिभिएस न्यूज

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031