सपनाको देशमा सपना गुमाएकाहरूलाई देख्दा…

November 5, 2016

saitamaजापान सपनाकाे देश हो । यही सपनाकाे देशमा अाफैले देखेका अाफ्नै सुन्दर भविष्यको सपना पुरा गर्न हामी विदेशीहरू जापान अाउँछाैं । माने लिउँ सपनासँगै हरेक दिन जापानमा एउटा मृग जन्मन्छ त्याे हाम्रो चाहना हो । चाहनारूपी मृगलाई यो थाहा हुन जरूरी छ, उ सबैभन्दा छिटो दाैडने बाघभन्दा पनि छिटो दाैडनुपर्छ अन्यथा उसलाई बाघले खान्छ । त्यसैगरी सपनासँगै हरेक दिन जापानमा एउटा बाघ पनि जन्मन्छ त्याे पनि हाम्रै चाहना नै हो र त्यो चाहनारूपी बाघलाई पनि यो थाहा हुन जरूरी छ, उ सबैभन्दा छिटो दाैडने मृगभन्दा पनि छिटो दाैडनुपर्छ अन्यथा उ भोकै मर्छ । त्यति सजिलो छैन यी दुइ कुरालाई सन्तुलनमा ल्याउन । जापान अाउन भनेपछि विदेशीहरू मरिहत्ये गर्छन्, यही सपनाकाे देशमा बाघ र मृग झैं दाैडन नसकेर उद्देश्यमा पुग्न असफलहरू पनि कैयाैं छन् । त्यसो त हाम्रो सपनाको देशमा, सपनाको देशका मान्छेहरू पनि घरको न घाटको भएर हिडेकाहरू देख्दा झट्ट विश्वास लाग्दैन् ।

केही दिन अगाडि साइतामा केनस्थित एउटा ठूलो पार्कमा घुम्न गएको बेलामा खोलाको किनारामा देखिएका यी सुकुम्वासीका घरहरु देखेर पहिलोपटक म अचम्म परेको थिएँ । त्यसो त टोकियो आसपासका क्षेत्रहरुमा घरवार विहीन भएर पुलको तल तथा स्टेशनहरुमा थोत्रो बण्डल ओछ्याएर सुतेकाहरु पनि देखिन्छन । हामी विदेशीको सपनाको देश जापानमा पनि सपना पूरा गर्न नसकेर यसरी वेघरबार भएका सपनाको देशका नागरिकहरु देखेर मलाई अनौठो लाग्यो । नजिकै गएर कुरा गर्न धेरै पटक कोशिस पनि गरें तर उनीहरु खुलेर आफ्नो दुःख सुनाउन चाहँदैनन् रहेछ । कतिपय त रिसाए पनि । व्यक्तिगत सूचना गोपनीयतामा जापानी नागरिकहरु धेरै सजग हुन्छन् । त्यो भन्दापनि विगत जे जस्तो भएपनि वर्तमान नै हाम्रो लागि महत्वपूर्ण हो, विगतले केही पाठ त सिकाउँछ नै तर विगतको खाटो बसेको घाउ त्यसैमाथि विदेशीलाई भनेर नै के होला? -सायद उनीहरूले यही सोचे होलान । त्यसो त खोला किनारामा यसरी छाप्रो बनाएर बसेकाहरु अाफुअाफु पनि एकआपसमा त्यतिधेरै बोलचाल गर्दा रहेनछन् । रेडियो भने निकै सुन्दा रहेछन् ।***

Leave a comment

Filed under: अाफ्नो कुरा


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031