Filed under: अाफ्नो कुरा

जापानको पार्कमा जे देखिन्छ…

पाखा पखेरा, देउराली भञ्ज्याङ्ग अनि पहाडकाे कन्दरामा हुर्केकाे म, यसाे पार्कतिर जाँदा हरियाली रूखविरूवा देख्दा वित्तिकै त्यसैत्यसै फुरूङ्ग हुन्छ यो मन । घर नजिकै पार्क छ-हिकारिगाअोका पार्क । जाँगर चल्दा यसो पार्कतिर गइन्छ हावा खान । समय भए, जाँगर र मोड चले न जाने हो नत्र जापानको व्यस्त दैनिकी, कामले लखतरान परेको निम्छरो ज्यान कहाँ गइन्छ र ? पहिलो नम्बरमा काम तथा पैसा अनि दोस्रो नम्बरमा स्वास्थ्य पर्दछ जापानमा बस्ने धेरैजसो नेपालीकाे । दैनिक व्यायाम गर्नु स्वास्थ्यको लागि राम्रै हो भन्ने थाहा पाएरै पनि हामी नियमित व्यायाम गर्दैनाैं । किनकी, एक अर्थमा समय छैन अर्को जाँगर । विदाको दिन अथवा समय भए फेसवुकमा झुण्डिने या त अलि बढी सुत्ने हाम्रो चाहना हुन्छ । त्यसै मध्येको एक मनुख्ये हुँ म पनि । प्रायजसो बेलुकी ढिलो सुत्ने र विहान पनि ढिलै उठने मेरो नानीदेखिको बानी । अझ जाडोको माैसममा त भो कुरै नगराैं -सिरकबाट बाहिर निस्कनै मन लाग्दैन । सानाे छँदा करैले उठन पर्ने, विहानविहानै घाँस काटन जान । मलाइ उठाउनको लागि अामाले कति सास्ती भोग्नु पर्यो भन्ने त यहाँ वर्णन गरेर साध्य नै छैन ।
(more…)

December 23, 2016

पसलहरूमा लाइन लाग्नुपर्ने, सामान पोको पार्नु पर्ने गयो जमाना…

no-counterकिनमेलको लागि तपाई सुपर मार्केट तथा कन्बिनियन्स स्टोरहरुमा जानुहुन्छ ? अनि लामो लामो लाईन देखेर त्यतिकै लामो सास तान्नुहुन्छ ? सायद यो अनुभव जो कसैले कुनै न कुनै दिन गर्नुभएकै होला । कहिलेकाहीं त हतार भएकै बेला झनै लामो लाइन बस्नुपर्छ । अब चिन्ता नलिनुस । तपाइँ किनमेलको लागि पसल जानुहुन्छ तव त्यहाँ न त लाइन नै बस्नुपर्छ न त सामान झोलामा पोका पार्न नै । सबै तपाइँको सामानको हिसावकिताव गर्ने, प्लास्टिकको झोलामा सामान राख्ने मान्छे हुँदैनन् । मेसिनले नै तपाइँको कार्टमा राख्नुभएको सामानको हिसाव किताव गर्छ अनि तपाईले बिल भुक्तानी गरेपछि मेसिनले नै सामान झोलामा पोको पारिदिन्छ । (more…)

December 14, 2016

विद्यार्थी, विद्यार्थीको सेमिनारमा जाने कि नेताको कार्यक्रममा ?

seminarजापानमा कुकको समस्या जति छन् विद्यार्थीको समस्या पनि त्यतिकै छन् । कुक र विद्यार्थीको मात्र होइन, साहुजीको पनि समस्या उत्तिकै छन, डिपेन्टेन्टहरूको पनि समस्या उत्तिकै छन् । साेही अनुरूप हरेकले आ–आफ्नो ठाउँमा समस्याहरु भोग्दैछन् । त्यसैले त म भन्छु-‘जिन्दगी भोगाईहरुको थुप्रो हो’ । मानिस, समय र ठाउँ अनुसार भोगाई फरक–फरक होलान तर भोगाईहरुमा समस्या मिश्रित हुन्छन नै । केही समय अगाडिको आँकडा अनुसार जापानमा नेपालीहरुको संख्या करीव ६५ हजार नाघिसकेको छ अनि त्यसमा विद्यार्थीहरुको संख्या करीव २० हजार बढी छ । विद्यार्थीहरु नेपालबाट जापानी भाषा स्कुल अध्ययनको लागि जापान आउँछन । नयाँ ठाउँमा आएलगत्तै उक्त ठाउँमा आफूलाई स्थापित गराउनको लागि संघर्ष पनि त्यतिकै गरिरहेका हुन्छन् । नेपालबाट चर्को व्याजदरमा ऋण लिएर आएपछि त्यसको भारी थाप्लोमा पर्ने त एकातिर छँदैछ त्यो भन्दा अर्को समस्या भनेको जापान आएपछि काम नपाउने समस्या, भाषाको समस्याले गर्दा हुने अन्य विविध समस्याहरु पनि छन् । त्यसैगरी जापानी भाषा स्कुलको पढाई सकेपछि कलेज तथा भोकेसनल स्कुलमा भर्ना हुने समयमा खट्किने आर्थिक समस्या मात्र होइन हालैका दिनमा विदेशी विद्यार्थीहरुको संख्यामा आएको वृद्धिसँगै कलेज तथा स्कुलहरु सजिलै प्रवेश पाउन नसकिने समस्या पनि थपिएको छ । (more…)

December 8, 2016

एनअारएन जापानले सदस्यता कार्ड कहिलेसम्म बाँड्ला ?

sample-card-nrnत्यतिबेला एनआरएन जापानको चुनावको लागि गरमागरम बहस भएको थियो अहिलेको वर्तमान कार्यसमितिको लागि । चुनावी मैदानमा उत्रेका उम्मेदवारहरु आफ्नै पल्लाभरी गर्न व्यस्त थिए । हरेकले उम्मेदवारी दर्ता गराएर रातारात आ–आफ्नै गच्छे अनुसारको घोषणा पत्र निर्माण गरेर भविष्यको योजनाहरु सार्वजनिक गरिरहेका थिए । पत्रकार सम्मेलन नै गरेर उम्मेदवारहरुले आ–आफ्नो कुरा जापानका नेपाली माझ राखेको अझै मानस्पटलमा ताजै छ । त्यही बेला पहिलोपटक मैले पनि एनआरएन जापानको चुनावमा मताधिकारको लागि १००० येन संस्थाको खातामा दाखिला गराई इन्टरनेटबाट फारम भरें । आफूलाई इच्छा र भरोसा लागेको उम्मेदवारलाई मत पनि दिएँ । आफूले मत दिएका मध्ये कतिले विजय हासिल गरे या त गरेन त्यो वेग्लै कुरा हो । अनि विजय हासिल गरेका अहिलेका कार्यसमितिका पदाधिकारीहरुले आफूले घोषणा पत्रमा लेखे अनुसार काम गरिरहेका छन् या त छैनन् त्यो पनि जापानका नेपालीले मूल्यांकन गरेकै होलान । तर आज एकजना साथीले सोध्नु भएको एउटा कुराले म अवाक भएँ, नाजवाफ भएँ । (more…)

November 28, 2016

अाउनुस् हाम्रो गाउँ घुमाैं…

संसारको जुनसुकै ठाउँमा जानुस् तर केटाकेटीमा खेलेका ती गाउँका डाँडापाखाहरु तपाइँ भुल्न सक्नुहुन्न । तपाइँलाई आफू जन्मेको ठाउँभन्दा प्यारो अन्यत्र कहाँ नै लाग्ला र ?
गाउँमा छँदा गाइवाख्रा चराउँदै हिडेको, ऐसेलुर काफल टिप्दै हिडेको ती डाँडापाखा दशकौं पछि पनि उत्तिकै याद बनेर बसिदिन्छ मुटुको तल्लो भागमा । केही समय अगाडि गाउँ जाँदा खिचेका केही फोटोहरु देखाउँदै आउनुस्, आज म तपाइँलाई मेरो गाउँ घुमाउँछु । हुनत सँधै हात समातेर उकाली ओराली गरेका साथीहरु अहिले सबै विदेशमा छन् । सँगै विदामा घर जाने पनि कुनै त्यस्तो मौका पर्दैन । भनेपछि सँगै हात नै समातेर घुम्ने भन्ने त त्यस्तै हो तर फोटोमा भए पनि आउनुस् गाउँका साथीहरु सँगै गाउँ घुमौं अनि अन्य ठाउँका साथीहरु पनि सँगै हाम्रो गाउँ घुम्न तयार हुनुस् ।
नेपाल अनि हाम्रै गाउँघर कस्तो लाग्छ तपाइँलाइ ? कृपया कमेन्टमा लेखिदिनुहोला । धन्यवाद ।

November 15, 2016

फरक तीन प्रसंगः

प्रसंङ्ग एकः

फोनको घण्टी बज्छ ! मैले रिसिभर उठाउन नपाउँदै उताबाट सोधनी हुन्छ–‘यो नेपाली एम्बेसी हैन ?’ मैल उत्तर दिन्छु–‘तपाईले सही भन्नुभयो, यो नेपाली एम्बेसी होइन, यो त ……. लिमिटेड हो । भन्नुहोस् तपाई कहाँदेखि को बोल्दै हुनुहुन्छ ?’ उहाँले निकै रिसाएको पारामा फेरि सोध्नुभयो–‘नेपाली एम्बेसीमा किन फोन उठाउँदैनन् ?’ म उत्तर दिन्छु–‘खै सर, म पनि तपाइँजस्तै हुँ, किन फोन उठाउँदैनन् मलाई पनि केही थाहा भएन । सायद व्यस्त भएर होला ।’ मैले त्यति भन्न नपाउँदै उहाँले भन्नुभयो–मलाई एम्बेसीको कुनै कर्मचारीको मोवाइल नम्बर दिनुपर्यो । मैले फेरि भनें–‘त्यो ल्याण्ड लाइन बाहेक मलाई पनि कसैको व्यक्तिगत नम्बर थाहा छैन सर ।’ उहाँले पत्याउनुहुन्न–‘किन थाहा नहुने तपाईहरुलाई त थाहा भैहाल्छ नि बरु दिन मिल्दैन भन्नुस् न ।’ अन्तिममा मैले कुरो छोट्याउँदै भने–‘पहिलो कुरा थाहा भएन, दोस्रो कुरा थाहा भएको भए पनि दिन मिल्दैनथ्यो । मैले बुझेसम्म जापानमा नसोधिकन कसैको पनि फोन नम्बर कसैलाई दिन हुँदैन । अर्को कुरा तपाईले म को हुँ भनेर भन्नु आवश्यक छ । जुनसुकै कम्पनीमा तपाईले कसैलाई भेटन तथा कामले फोन गर्नु भयो भने तपाईको नाम र फोन नम्बर अनि फोन गर्नुको कारण जानकारी नगराएसम्म सम्बन्धित व्यक्तिसँग तपाई कुरै गर्न पाउनुहुन्न । तपाई आफ्नो नामै भन्न चाहनुहुन्न त म कसरी तपाईलाई सहयोग गर्न सकुँ ? अर्को कुरा तपाईले फोन गर्नु भएको ठाउँ यो होइन रहेछ, हस त धन्यवाद, मैले फोन राख्ने जानकारी दिंदै फोन राख्छु, फोन राख्दै गर्दा उहाँले रिसाएर मा…मा…र मु…मु… गर्दै भुतभुताउँदै गर्नुभएको बाहिरै सुनिन्थ्यो । (more…)

November 10, 2016

छुटाउन चाहेको एकोहोरो प्रेम…

smoke-loveहजार पटक कसम खाएँ अनि हजारै उपाय पनि अपनाएँ मैले तिमीबाट छुटकारा पाउने, तर धरोधर्म सकिन । एक, दुई, तीन सक्दैसकिन । कहिलेकाहीं त मान्छैमान्छेले भरिएको रेलको डिब्बाभित्र म एक्लै अनायासै फुसफुसाउँछु–‘आजबाट म तिमीलाई मरिगए अपनाउन्न ।’ तर मैले मनमनै गरेका ति प्रतिज्ञाहरु, आफ्नै कानले नसुनेका वाचाहरु, त्यसैत्यसै हावामा कावु खान्छन् । कहिलेकाहीं मैले सजिलै आफै एकतर्फी निर्णय गर्छु कि आजको दिन नै अन्तिम हुनेछ तिमीलाई अपनाउने, तिमीसँग लहसिने अनि तिम्रो एकैछिनको अभावमा तड्पिएर फत्र्याक फत्र्याक पर्ने । आसेपासेहरु मलाई सम्झाउँछन्, सल्लाह दिन्छन् अनि अन्त्यमा तीखो र रुखो बचन पनि लाउँछन –‘किन तँ यसलाई अपनाउँछस् ?’ म घोरिएर एकान्तमा सोच्छु, हुन पनि हो म किन बेकारमा तिमीलाई एकोहोरो प्रेम गर्छु ? भित्री मनबाटै क्रोधित हुन्छु, धित मरुञ्जेल तिमीसँग रिसाउँछु र म आफू एक्लै अनि फेरि अर्को थप एकपल्ट कसम खान्छु–‘आजबाट म तिमीलाई मरिगए अपनाउन्न ।’ तर आखिर जे गरेपनि फेरि मन फर्कन्छ तिमीप्रति । आखिर मन न हो प्राकृतिक रुपमा फर्कंदै जाने रहेछ । तिम्रो त मनै छैन पग्लने, फर्कने भन्ने कुरै भएन । त्यसैले कहिलेकाहीं त म सोच्छु तिमी मनै नभएकालाई मैले किन एकोहोरो प्रेम गरें ? वास्तवमा म पागल हुँ । एकोहोरो प्रेम गर्नेहरु पागल हुन्छन् कि त पागलहरु एकोहोरो प्रेम गर्छन । दुईकुरा आखिर एउटै हो । मेरो बुझाइसँगै एक धार्नी दुई विसौलीको मेरो मुन्टो हल्लिन्छ घण्टाघरको घडीको पेण्डुलम हल्लिए झैं । म साँच्चैको पागल हुँ, एकोहोरो तिमीलाई प्रेम गर्ने पागल । (more…)

November 10, 2016

करले खाइने ढिंडाे रहरले खाइन्छ…

सानो छँदा करले ढिंडो खाइन्थ्यो । अहिले परदेशमा रहरले ढिंडो खाइन्छ कहिलेकाहीं । सिनओकुवोमा थुप्रै रेष्टुरेन्टहरु छन् । जापानी लगायत अन्य देशका खाना तयार पारेर ग्राहकहरु पर्खेर बसेका हुन्छन् । गृहिणीलाई विहान बेलुकी के तरकारी पकाउने भनेर चिन्ता हुन्छ रे, त्यस्तै हुन्छ मलाई पनि हरेक दिन दिउँसो खाना खाने बेला-‘अाज के खाने ?’। कहिलेकाहीं लाग्छ एकदिन मात्रै खाएर नहुने, हरेक दिन खानुपर्ने त्यही पनि दिनमा दुई पटक (खाजासमेत गन्ने हो भने तीन पटक) । सायद यही पेटले गर्दा नै त होला मान्छेले दुःख गर्न परेको…।
शालिकरामजी र विष्णुभाईसँगै खाना खान निस्कियौं दिउँसो २ बजेतिर । ट्याक्क अफिसबाट निस्केपछि खाराओके चोकनेरी पुगेपछि हामी तीनैजनाले एकले अर्काको मनसाय बुझ्न सोध्यौं के खाने ?
कसैले पनि यही खाना खाने भनेर भन्नै सकेनौं । खाना खान कहिले ‘रातो भाले’ गइन्छ, कहिले ‘सोलमारी’, कहिले ‘रोधी’, कहिले ‘मःम’, कहिले ‘नाङ्लो घर’ त कहिले अन्य कुनै रेष्टुरेन्ट । सिनओकुवोको तोन्काचु रामेन, गास्तो, सुकिया लगायतका जापानी रेष्टुरेन्टहरुको पनि हामी अनुहार चिनिएको ग्राहकमध्यमा पर्दछौं । हरेक दिन अफिसबाट सरासर निस्केर चोकमा आएपछि एक्कासी पाइला रोकिन्छ अनि आफैले आफैलाई प्रश्न गर्दछ यो मन–‘आज के खाने ?’ यो अफिस भएको दिनको दैनिकी नै हो ।
agan-dhindo
त्यसदिन पनि हामी तीनजनाले केही रेष्टुरेन्टको नामहरु प्रस्ताव गरियो । तर निस्कर्षमा ‘आँगन’ जाने निधो गरियो ।
(more…)

November 5, 2016

सपनाको देशमा सपना गुमाएकाहरूलाई देख्दा…

saitamaजापान सपनाकाे देश हो । यही सपनाकाे देशमा अाफैले देखेका अाफ्नै सुन्दर भविष्यको सपना पुरा गर्न हामी विदेशीहरू जापान अाउँछाैं । माने लिउँ सपनासँगै हरेक दिन जापानमा एउटा मृग जन्मन्छ त्याे हाम्रो चाहना हो । चाहनारूपी मृगलाई यो थाहा हुन जरूरी छ, उ सबैभन्दा छिटो दाैडने बाघभन्दा पनि छिटो दाैडनुपर्छ अन्यथा उसलाई बाघले खान्छ । त्यसैगरी सपनासँगै हरेक दिन जापानमा एउटा बाघ पनि जन्मन्छ त्याे पनि हाम्रै चाहना नै हो र त्यो चाहनारूपी बाघलाई पनि यो थाहा हुन जरूरी छ, उ सबैभन्दा छिटो दाैडने मृगभन्दा पनि छिटो दाैडनुपर्छ अन्यथा उ भोकै मर्छ । त्यति सजिलो छैन यी दुइ कुरालाई सन्तुलनमा ल्याउन । जापान अाउन भनेपछि विदेशीहरू मरिहत्ये गर्छन्, यही सपनाकाे देशमा बाघ र मृग झैं दाैडन नसकेर उद्देश्यमा पुग्न असफलहरू पनि कैयाैं छन् । त्यसो त हाम्रो सपनाको देशमा, सपनाको देशका मान्छेहरू पनि घरको न घाटको भएर हिडेकाहरू देख्दा झट्ट विश्वास लाग्दैन् । (more…)

November 5, 2016

तिहारसँगै फूल भएर सोचौं हामी…

hanaतिहार उज्यालोको पर्व हो । तिहार फूलहरुको पर्व हो । दीपावलीको झिलीमिली अनि फूल र मालाको कुरा हुन्छ तिहारमा । दिदी र भाइको प्रेमको कुरा हुन्छ तिहारमा । वर्षभरी व्यस्त भए पनि तिहारमा विशेषगरी विदेशमा रहनेहरु दिदी भाइ सम्झन्छन् । धार्मिक कथा अनुसार यामराजले भाईलाई लैजान लाग्दा दिदीले एउटा शर्त राखेकी थिइन अरे । तिमीले मेरो भाइलाई लैजाने नै हो भने मलाई एउटा पूजा गर्न देउ अनि मेरो एउटा शर्त पुरा गर त्यसपछि तिमीले लिएर जान सक्छौं । यामराजले कति नै ठूलो शर्त त होला र भन्ने लागेर हुन्छ भनेछन् । दिदीले भाईको पूजा गर्ने बेलामा तेलको धाराले घेरो हालेर, मखमली फूलको माला लगाइदिएपछि यामराजलाइ भनिछन्-‘ल अब तिमीले मेरो भाईलाई लैजाने हो भने यो तेलको धारा सुकेपछि अनि यो मखमली फूलको माला ओइलाएपछि लैजान सक्छौ’ । दिदीको भाइपूजा सकिएर पनि कैयौं दिनहरु विते तर न त त्यो तेलको धारा नै सुक्यो न त मखमली फूलको माला नै ओइलायो । अन्ततः यामराज दिदीको शर्तमा हार खाएर रित्तो हात फर्किए । यसरी दिदीले आफ्नो भाईलाई यामराजको हातबाट बचाएको दिन नै हामी कालान्तारदेखि ‘भाइटिका’ भन्ने नामले मनाउँदै आएका छौं । (more…)

October 28, 2016

Next page Previous page


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031