पुष्पराज पनेरू उर्फ डेविडजीसँगको कुराकानी

करीव २५ वर्ष अगाडि कुकका रूपमा जापान अाउनु भएका डेविडजीसँग भेट्ने माैका मिल्यो । ‘समुद्रपारि विशेष’को लागि केही कुराकानी गर्ने माैका मिल्यो । उहाँ एकदमै हक्की स्वभावको हुनुहुँदो रहेछ । त्यसो त मेहनती पनि उति नै । उहाँले १७ वर्षसम्म लगातार एउटै रेष्टुरेन्टमा काम गर्नुभएको कुरा सुन्दा अचम्म लाग्यो । जापानमा हालैका दिनमा न त कुकले त्यति लामो समयसम्म एउटै रेष्टुरेन्टमा काम गर्छन न त साहुजीले नै त्यति लामो समयसम्म कुकलाइ टिक्न दिन्छन । कमीकमजोरी दुवै पक्षको होलान तर एकले अर्को पक्षालाइ अारोप प्रत्यारोप लगाउन कत्ति पनि पछि पर्दैनन् । कुकहरू भन्छन्-‘काम गर्नुसम्म गरियो, धेरै कुरा सिकाइयो, अहिले अाफ्ना मान्छे कुकमा अाएर काम गर्न सक्ने भैसकेपछि हामीलाइ काम दिन नसक्ने भएँ भन्छ ।’ त्यसो त अर्कोतिर साहुजीको पनि कथाव्यथा अाफ्नै किसिमको छ-‘के गर्नु कुक राख्यो जतिखेर पनि फेसवुक हेरेको हेरेकै छ, यसो केही भन्न नहुने अाफै ठूलो पल्टन्छन्, अाफै साहुजी हो कि जस्तो गर्छन् । उस्तै परे लामो हात गर्न पछि पर्दैनन्, कोही कुक नटिक्ने भए ।’ वास्तविकता जहाँ जे जस्तो भए पनि जापानमा कुक र साहुजीको तालमेल भने मिलेको पाइँदैन । १७ वर्षसम्म लगातार एउटै रेष्टुरेन्टमा काम गर्दै अाउनु भएका डेविडजी के भन्नुहुन्छ त ? हेर्नुस् भिडियोः

October 20, 2016

ग्राहक सेवामा सुधार कहिले हुने हो नेपालमा ?

serviceशुरुमा जापान आउँदा वित्तिकै फुकुओकाको नागाजुमीस्थित निशीनिहोन बैंकमा खाता खोल्न गएँ । भर्खर जापान आएकोले भाषा खासै बुझ्ने र बोल्ने भईसकेको थिईन । हामी ‘देस’ ‘मास’ मात्र पढेर आएका, कुनैपनि वाक्यको अन्तिममा ‘का’ आयो भने प्रश्न गरेको हुन्छ भनेर पढेका जापान आएपछि सडकमा थापिएका पसलेको भाषा सुनेरै जिल्लिएका थियौं, हामीले त केही जानेकै रहेनछौं । छेउटुप्पो मेसोमेलो नै नपाउने । अर्को कुरा पढेर व्यवहारमा ल्याउन बानी नपरुञ्जेल अप्ठेरो त हुने भई नै हाल्यो तैपनि आधा नेपाली आधा जापानीमै भएपनि कुरा गरेर खाता खोल्नुपर्यो भनेर स्कुल सकिनासाथ बैंकतिर दगुरें । आफैले नगरे कसले गरिदिने त ? स्कुलका शिक्षकहरु व्यस्त, सेन्पाई (सिनियर) हरु नेपालबाट ल्याएको भट्ट र सुकुटी हुञ्जेल नजिकिए त्यसपछि टाढा-टाढा र टेढों-टेढों । ४५ जनाको जम्बो टोलीपछि तुरुन्तै हामी १८ जनाको टोली जापान आएको अघिल्लो टोलीको पालो नआई हामीले काम पाउने कुरै भएन । कसैकसैको आफन्त हुनेहरुले भने हल्का फुल्का येन छाप्न शुरु गरिसकेका थिएः नातावाद, कृपावाद, जिन्दावाद । आफू त कतैबाट कसैसँग केही बेचेको पनि साइनो नभएको न परें तुरुन्तै काम पाउने कुरा पनि त भएन । (more…)

Leave a Comment August 30, 2016

‘ओलीज्यू, नभनेर हुँदैन-भन्नै पर्छ, भनेर मात्र हुँदैन गर्नैपर्छ’

durarituप्रधानमन्त्री केपी ओलीको नयाँ नयाँ उद्घोषले बेलाबेलामा पत्रपत्रिका तथा सामाजिक सञ्जालहरु तताइरहने गर्दछ । जनताका घरघरमा ग्याँसको पाइप जोडनेदेखि लिएर नेपालमा मुख चुुच्चे रेल कुँदाउने सम्मको उद्घोषले केही समय अगाडि निकै बजार ततायो । अहिले यतिखेर फेरि पानीजहाजको कुराले प्रधानमन्त्री ‘हाइलाइट’मा अाएका छन् । पत्रपत्रिका, कार्यालय, सानातिना जमघट तथा चियापसलहरूमा गफ गर्ने खुराक बनेको छ । तत्कालै सम्भव नहुने यस्ता उद्घोषहरूले नेपाली जनताहरु यतिखेर दुई धारमा विभाजित भएका छन् । एक धार प्रधानमन्त्रीले हुनै नसक्के केटाकेटी पाराको काल्पनिक र मनोगढन्ते उद्घोष गर्दछन् भन्ने खालको छ भने अर्को धार बोलिएका कुराहरु पुरा हुन् या नहुन तर सपना देख्नु महत्वपूर्ण कुरा हो भन्ने रहेको छ । (more…)

Leave a Comment May 24, 2016

ओरे मो नेपारुजिन दायो…

‘ओमाए नान दायो…ओरे मो नेपारुजिन दायो…(म पनि नेपाली हो) ।’ घडीको सुईले वेलुकीको आठ बजेर १० मिनेट काटिसकेको थियो । साथीहरु अझै काममा नै व्यस्त देखिन्थे । म भने आफ्नो काम सकेर बाटो तताउने निर्णय गरें । अफिसबाट फटाफट निस्केर स्टेशनतिर हानिंदै गर्दा एकाएक मनले एक क्यान वियर धकेल्ने निर्णय गर्यो । सनकुस (पसल) मा गएर एउटा सानो वियर त किनें तर एक्लै कता गएर खाने ? किनेको एक क्यान वियर पिउने उचित स्थानको खोजीमा सिनओकुवो स्टेशनबाट निस्केपछि दाहिनेतिर रहेको एउटा स्पेशलाई प्रयोग गर्ने निर्णय गरें । त्यहाँ सानो स्पेश छ (पार्क नै त नभनाैं) जहाँ बेलुकीको हावा खाने, वेलुकी कामबाट थाकेर टहलिनेहरु अनि साथीभाईको जमघट गराउने स्थलको रुपमा परिचित ठाउँ हो त्यो, जुन ठाउँलाई केहीले जुलुस चोक पनि भनेर चिन्छौं । वेलावखत त्यहाँ पुराना साथीहरू पनि भेटिन्छन् । मेरा थाकेका पाइलाहरु त्यतैतिर बढ्दै गयो । एक्कासी मेरो कानमा एक विदेशीले बोलेको चर्को जापानी शब्दहरु ठोक्किन पुग्यो -‘ओमाए नान दायो… ओरे मो नेपारुजिन दायो…।’ (more…)

Leave a Comment February 8, 2016

करबलमा हैन, अन्तरहृदयबाट बज्छन् ताली

clap2स्कुले जीवनमा कत्तिको ताली बजाउनुु भो कुन्नि ? जहाँसम्म लाग्छ तपाईलाई वाल्यकालको सबै कुरा याद छ । यदि त्यसो हो भने विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा होस् या त हाजिरी जवाफ प्रतियोगितामा पक्कै तपाईले धितमरुञ्जेल ताली बजाएकै हुनुपर्छ । कसैले पुरस्कार जितेमा पनि ताली ठोक्नु भो, विद्यालयमा गुरुहरुको सरुवा बढुवामा पनि ताली ठोक्नु भो । साथीहरु खेलकूदमा विजयी भए, त्यसमा पनि ठोक्नु भो, कसैको जन्मदिनमा सामेल हुनुुभो त्यसमा पनि ताली ठोक्नु भो । जीवनमा हरेक सुुख दुःखमा ताली ठोक्दै आउनुभएको छ । मानिसको जीवन र तालीको अति नै घनिष्ठ सम्बन्ध रहिआएको छ । तपाईहरु मध्ये कतिले तालीको सट्टा ड्याम-ड्याम किताब ठटाउनु भो, कतिले गोडामा लगाउने जोर चप्पल हातमा उनेर पनि दुइ हात बेस्सरी ठोक्नुु भो मेरो मतलब जीवनमा धेरै ताली बजाउनुु भो । तपाई आफैले पनि कहिले कतै ताली पाउनुभएको होला । (more…)

Leave a Comment February 8, 2016

राम्रो ‘म’

MAनेपाली वर्णमालामा एउटा अक्षर हुन्छ ‘म’ । उमेरले नेटो काट्यो भनिरहेको बेलामा पनि कहिलेकाँही वाल्यकालको पुरानो याद तपाईलाई पनि आउँछ नै होला । किताबमै झर्ला-झर्ला जस्तो गरी नाकबाट बगेको सिंगान स्वाँट्ट माथि तान्दै घोप्टो परेर शिशाकलमले किरमिरे लाईन तानेर सिकेको कखरा विर्सने भन्ने त कुरै हुँदैन, होइन र ? अहिले जो जहाँ र जस्तो अवस्थामा भए पनि कपडा भरी धुलो, राघेपाटे अनुुहार अनि नाकभरीको सिंगान एक हातले पुछ्दै अर्को हातले कखरा लेख्दा भोगेका सास्तीका कथाहरु त कतै न कतै मनको तखतामा चाङ्ग नै होला । फरक यत्ति हो कसैले ति अनुुभूतिका चाङ्गहरु तखताबाट निकाल्दै निकाल्दैनन् त कतिले बेलाबेलामा निकालेर धोइपखाली गरी टलक्क टल्काउलान् । हाम्रा पालामा, नेपाली अक्षर सिकाइँदा गुुरुले कपुरी ‘क’, भित्र बाटुलो ‘ख’, गाईगोडे ‘ग’… भनेर चर्को स्वरले भन्नुहुुन्थ्यो अनि हामी पछिपछि लय मिलाएर फलाक्थ्यौं । ‘म’ को लागि हुन्थ्यो, राम्रो ‘म’ । (more…)

Leave a Comment November 13, 2015

हैट ! कस्तो सपना… ह्याप्पी दशैं टु मी

हैट ! यो त सपना पो रहेछ । थाकेको ज्यान यामानोतेमा एक फन्को बढी लगाइएछ । कामबाट हतारहतार आएर सुतेको सपनाले बिउँझायो । आहा ! कस्तो राम्रो सपना, केही वेर नविउँझिएको भए पनि त हुन्थ्यो नि । सपनामा नै भए पनि मेरो देश, मेरो गाउँ राम्रै देखें । आज नवमी पो त – बोतलको पानी ठाडो घाँटी लगाउँछु । भोलि दशमी, टीकाको दिन, विहानैदेखि बेलुकीसम्म काम छ -जिन्दगीमा काम पनि कति गर्नु हो ? निम्छरो ज्यानको मनोवाद वोल्छ । घरमा १०/२० हजार मात्रै भएपनि पठाइदिउँ भनेको भ्याउँदै भ्याइएन, वाउले मन खिन्न पारे होलान-जापानमा भएको छोरोले पनि केही गरेन । कति सारो व्यस्त हो जिन्दगी । सुर वेसुरमै निधार छाम्छु, पसिनाले निथ्रुक्क ।
हैट ! यो कस्तो सपना त यार ! सपनाको कुरा न हो । गाउँमा जताततै दशैंको रमझम, हराभरा सफाचट । सबै मानिसहरुमा उमंग, हरेक कुराहरु नयाँ । एउटा हातमा भक्कु चप्पल अनि अर्को हातले जाँगे समातेर सँगै उकाली ओराली गरेका दमालीहरु पनि लाहुरबाट फिरेका रे दशैं मनाउन । हरेक कुराको प्रसंगमा क्या वात जोडेका छन् -क्या वात जिन्दगी रोटे पिंङ्ग झै घुम्छ-कहिले उल्टो, कहिले सुल्टो । (more…)

Leave a Comment October 31, 2015

नमरी स्वर्ग देखिंदैन, एकदिन जोतेर ३ दिन हल्लिएजस्तो हुँदैहोइन जापान

duraritu‘मलाई जस्तो को’लाई पो भा’होला, दिनमा हिड्ने सूर्यलाई थाहा होला ।’ सायद तपाई हामी प्रायले सुन्ने गरेकै लोक गीतको एक अंश हो यो । हुन पनि कसलाई कुन खालको र कति पीरताप परेको छ भनेर व्यक्त नगरेसम्म थाहा हुँदैन । आफूमाथि आईपरेको पीडा, व्यथा र समस्याहरु हामी बोलेर, लेखेर अनि गीतको माध्यमबाट गाएर व्यक्त गर्ने गर्दछौं । सायद माथि उल्लेखित गीतको रचनाकारले पनि केही न केही पीर तापमा पिल्सिएर नै यो गीतको सृजना गरेको हुनुपर्दछ । भलै अहिलेसम्म मानिसको वास्तविक पीर, ताप र मनका पीडा व्याथाहरु मापन गर्ने कुनै उपकरण भने बनेको पाईंदैन । मनमा अनेकौं पीडा र व्यथाको पोको बोकेर हिंडिरहेको भए पनि कसैले ‘के छ हालखबर ?’ भनेर सोधनी हुँदा सबै ठीक छ, राम्रै छ भनेर हामी उत्तर दिन्छौं । जतिसुकै समस्याको भूमरीमा जेलिएको भएपनि वास्तविकता लुकाउँछौं हामी । (more…)

1 Comment July 19, 2015

जागृत रहर

चिनेजानेको एकजना भाइ छ, उमेरले भाइ पर्ने। सल्लाह गरे झैं हरेक हप्ता एउटै वार र समयमा उसँग मेरो भेट हुन्छ । उसँग खासै त्यति गहिरो सम्बन्ध पनि छैन र त्यति टाढाको पनि होइन । भेट हुँदा प्रायः सँधै हँसिलो मुस्कानका साथ बोल्ने उनको बानी मलाई नजानिदो ढंगले मन पर्छ । मंगलवार उनको काम विदा छ उसको बारेमा त्यति धेरै कुरा थाहा नभए पनि मलाई उसको विदाको दिन भने थाहा छ । किन भने हरेक मंगलवार उसँग मेरो भेट हुन्छ । विदाको दिनमा सिनओकुवो नआए उसलाई विदा मनाएको जस्तै हुँदैन रे । हप्ताभरी काम गर्यो, एक दिनको विदा त मज्जाले मनाउनुपर्छ नि दाई ! उसले प्रयाजसो भेटमा भन्ने यही एउटै कुरा हो । जिब्रोमा सेट गरेर राखेको जस्तो मलाई देख्ना साथ उ त्यही शब्द फ्यात्त ओकल्छ । उ हप्ताभरी काम गर्छ अनि एक दिनको विदा आनन्दले मनाउँछ । साथीहरु भेट्ने, सँगै खाने अनि रमाउने । उसको आफ्नै सिद्धान्त छ, जिन्दगीमा खाने, रमाउने कसैसँग नराम्रो नगर्ने । उ भलादमी छ । विदाको दिन मसँग भेट हुनासाथ उसले नमस्ते दाइ भन्छ, सायद उसको यो नित्य कर्म हो । (more…)

3 Comments July 8, 2015

कर्मठ र जुझारू प्रतिनिधीलाइ छानेर समाजसेवा गर्ने अवसर दिनुपर्छ

पछिल्लो समय विभिन्न पेशा तथा व्यवसायले जापान अाउने नेपालीहरूको संख्यामा उल्लेख्य वृद्धी भैरहेको छ । त्यसो त संख्या बढेसँगै विविध खाले समस्याहरू पनि वृद्धी भइरहेकै छन् । अाकस्मिक र भैपरी अाउने समस्याहरूको समाधानका लागि जापानस्थित नेपाली दूतावास भन्दा नेपाली समुदायहरूले कैयाैं गुना बढी भूमिका खेल्दै अाएको कुरा दिनको घाम झैं छर्लङ्ग छ । गैरअावासीय संघ जापान लगायत जापानमा भएका अन्य संघसंस्थाहरूले हरेक पटक अाइपरेको समस्या समाधानको लागि भ्याएसम्मको सहयोग गरिरहेका छन् । दिनरात नभनी जापानको व्यस्त दैनिकीमा पनि समाजसेवामा लागि परेका समाजसेवी, व्यवसायी, कर्मचारी, विद्यार्थी तथा युवावर्गमा हामीले सलाम टकार्नै पर्दछ । घर चुहियो भनेर चुहिएर जमेका पानी सोहोर्ने मात्र नभइ चुहिएको छानो नै टाल्नु भरपर्दो र दीर्घकालीन हुने कुरा सबैलाइ थाहा भएकै कुरा हो तर कहाँ नेरी हलो अड्केको छ त ? यस विषयमा बहस गर्ने बेला भएको छ । अहिले यतिखेर जापानमा एनअारएनको चुनाव घर दैलोमै अाइपुगेको छ । म यसरी समाजसेवा गर्छु र उसरी समाजसेवा गर्छु भनेर विभिन्न पदमा उम्मेदवारी दिनेहरूको लर्को लागेको छ । चुनावको बेलामा मात्रै गुलियो कुरा गर्ने अनि पदमा पुगेको भोलिपल्टै सबै कुरा विर्सिएर सामजिक सेवामा भन्दा पदको अाडमा व्यक्तिगत व्यवसायको उन्नति र प्रगतितिर लागि पर्ने चलन विगतले पनि देखाएको छ । यहाँसम्म कि संस्थाको इमेल तथा चिठीपत्र अादानप्रदानमा समेत अाफ्नो व्यवसायको चिनारी र विज्ञापन झुण्याउने प्रवृतिले गर्दा व्यवसायिक सफलताको लागि पदमा पुग्ने रस्साकस्सी हो भन्दा फरक नपर्ला । (more…)

Leave a Comment July 4, 2015

Next page Previous page


Calendar

December 2017
M T W T F S S
« Oct    
 123
45678910
11121314151617
18192021222324
25262728293031